इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरुद्ध  मैत्रीपूर्ण खेल खेल्दै छ ।

प्रारम्भिक टोली

गोलकिपर : अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत ।
डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ ।
मिडफिल्डर : भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की ।
फरवार्ड : अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट, राजेश परियार ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार