मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । अमेरिकन मेजर लिग सकरमा इन्टर मियामीले स्पोटिंग कान्सास सिटीलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कान्सास सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा डिएगो गोमेज, लियोनेल मेसी र लुइस स्वरेजले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग कान्सास सिटीका लागि एरिक थोमीले दुवै गोल गरेका थिए । यो जितपछि इन्टर मियामी एमएलएसको इस्टर्न कफेरेन्समा ९ खेलमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ भने स्पोर्टिंग कान्सासको वेस्टर्न कन्फेरेन्समा ८ खेलमा १० अंक रहेको छ र आठौँ स्थानमा छ ।
   

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार