आइपिएलमा आज दुई खेल हुँदै

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि हुदै छ । अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ । त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ । त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदै छ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७: ४५ बजेदेखि शुरु हुँदैछ । जारी आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ । त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार