आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक सहित तालिकाकाे शिर्ष स्थानमा रहेको छ  । त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार