दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।   नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार