एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।  युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो । यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो । यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ । समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार