नेपाली क्रिकेट कप्तान रोहितको टी-२० मा एक हजार रन पूरा

शनिबार, वैशाख १, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । रोहितले एसीसी प्रिमियर कपअन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पूरा गरेका हुन् । रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पूरा गरेका छन् । टी-२० मा उनको उच्च रन ६१ रहेको छ । उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । नेपालका लागि टी- २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन् । उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार