नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै

शनिबार, वैशाख १, २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ । नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।शुक्रबार भएको खेलमा मलेसियाविरुद्ध जित हासिल गर्दै उपाधि रक्षाका सुखद सुरुवात गरेको नेपालले आज कतारको सामना गर्नेछ । हिजो भएको खेलमा कतार भने हंगकंग विरुद्ध २६ रनले पराजित भएको थियो । नेपालले भने मलेसिया विरुद्ध संघर्षपूर्ण ५ विकेटको जित हासिल गरेको थियो । यसपटक टि२० फर्म्याटमा भइरहेको प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप प्रतियोगिताबाट छनोट भएका हुन् । गत संस्करण नेपालमै भएको एकदिवसीय फर्म्याटको प्रतियोगितामा नेपालले यूएईलाई फाइनलमा हराएको थियो ।
नेपालले यस प्रतियोगिताका लागि भारतमा त्रिकोणात्मक टि२० सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । तर भारत भ्रमणमा प्रतियोगिता भन्दापनि प्रशिक्षण र ओमानको वातावरणसँग घुलमिल हुने अवसर बढी महत्त्वपूर्ण थियो । आज प्रतियोगिता अन्तर्गत समूह ए मा साउदी अरेबिया र मलेसिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ । प्रतियोगिताको समूह बी मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । समूह बी मा रहेका ओमान र युएईले हिजो भएका आ(आफ्ना खेलमा जित हासिल गरेका थिए । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार