एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात

शुक्रबार, चैत ३०, २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ । ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । समूह बी मा रहेका युएई र ओमानले यो जितपछि २-२ अंक हासिल गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार