बैशाख ४ देखि राष्ट्रपति रनिङ सिल्ड, खर्च एक करोड ५० हजार  

बिहीबार, चैत २९, २०८०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुने १४ औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ ।  बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै बैशाख ४ देखि ६ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रिपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइयो । संघीय प्रणाली अनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितामा सातवटै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
स्थानीय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु यस प्रतियोगितामा सहभागि हुनेछन् ।  प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  त्यसैगरी, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुने राखेपले जनाएको छ । 


एथलेटिक्सको छात्र छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷ छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि गरी जम्मा ६६ स्वर्णका प्रतिस्पर्धा हुने बताइएको छ ।  प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ ।  लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जितेको थियो । उपाधी जित्ने टोलीलाई दिइने रनिङ शिल्डका बारेमा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने बताउँदै आयोजकले जूनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको बताएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारबाट एक करोड ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार