कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरियो इन्टर मियामी

बिहीबार, चैत २९, २०८०

काठमाडौँ । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ ।

विहिबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा मोन्टेररेयसँग ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ ले हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।

यस खेलमा मोन्टेररेयका लागि ब्राण्डन भाज्क्वेज, जर्मन बेरटेरामे र जिसस गालार्ड़ोले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि डिएगो गोमेजले एक  गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औं मिनेटमा जोर्डी अल्बाले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यस अघि सम्पन्न पहिलो लिगमा इन्टर मियामी २-१ गोलले पराजित भएको थियो ।

यो जितपछि मोन्टेररेय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा कोलम्बस क्रुको सामना गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार