गुजरातले जित निकाल्दा राजस्थानको पहिलो हार

बिहीबार, चैत २९, २०८०

काठमाडौं । गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पहिलो हार चखाएको छ । गुजरातले बुधबार भएको खेलमा राजस्थान माथि ३ विकेटको जित दर्ता गरेको हो । राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार गरे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गर्‍यो ।  गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले ११ बलमा २४ रन बनाए । टेवाटियाले २२ रन जोडे । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान संजु स्यामसनले ६८ रन जोडे । त्यस्तै यशसस्वि जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए । जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ । आइपिएलमा आज बिहीबार मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।

Cricket Betting Tips and Match Predictions: IPL 2024 Match 24 - RR vs ...

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार