गोपी लन्डन म्याराथनमा सहभागी हुँदै

बुधबार, चैत २८, २०८०

काठमाडौं । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन् ।
नेपालगञ्ज म्याराथनले बुधबार गोपीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे । लन्डन म्याराथन वैशाख ९ गते हुनेछ ।
राखेप सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिँदै उनको यातायात प्रवन्ध राखेपले गर्ने जानकारी दिए । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिँदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए । 
नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए । 
नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ ।
गोपीले तयारी राम्रो गरेकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए  ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार