सांसद सूर्य थापाको प्रश्न – अदालतमा भएको विषय किन सदनमा ?  

बुधबार, चैत २८, २०८०

काठमाडौं । एमाले सांसद सूर्य थापाले अदालतमा भएको विषय सदनमा बहस नहुने थाहा भएर पनि प्रतिपक्षले उठाएको आरोप लगाएका छन् । 
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले अदालतमा भएको विषय सदनमा ल्याउन नहुने संविधानमा रहेको भन्दै सहकारीको विषय व्यक्तिकेन्द्रीत भएर उठाएको आरोप प्रतिपक्षलाई लगाए । 
उनले भने, ‘सहकारीको विषयमा हामी बहस होस् भन्ने चाहन्छु । तर, व्यक्तिकेन्द्रीत गरेर अदालतमा विचाराधीन विषयमा प्रतिपक्षका, यो संसदका सबै सांसदहरुलाई अदालतमा भएको विषय यहाँ बहसको विषय हुँदैन भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर, थाहा भएर पनि यो विषय उठाइरहेका छौं किनभने हामी सहकारीको विषयमा छलफल गर्नका लागि एउटा निष्कर्षमा पुग्नका लागि होइन ।’ 
सहकारीको समस्या समाधान गर्न संसदले सरकारका निकायहरुलाई निर्देशन दिने हैसियत संसदले राख्नुपर्ने पनि उनको भनाइ छ । 
उनले भने, ‘सहकारीको समस्या समाधान गर्न र जनता नठगिने कुराको सुनिश्चितता सरकारले यो संसदले सरकारका निकायहरुलाई निर्देशन गरेर हुन्छ की कानुन बनाएर हुन्छ हामीले गर्नुपर्छ । यो हैसियत यो संसदले राख्नुपर्छ । यो काम गर्न सकेनौ भने सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको एउटा रोदन हुनेछ । र, यसले देशलाई केही परिणाम दिने छैन ।’  
उनले देशका लागि एजेण्डा उठाउँदा प्रतिपक्ष वा सत्तापक्षमा भए पनि तथ्यमा आधारित भएर उठाएको छ भने त्यसले परिणाम दिने पनि बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार