कर्णाली प्रदेश अन्तर–प्रदेश राष्ट्रिय फुटबलको सेमीफाइनलमा

मंगलबार, चैत २७, २०८०
Global Ime Bank

हेटौंडा । कर्णाली प्रदेश हेटौंडामा जारी अन्तर–प्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष  फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको दोस्रो दिनको खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश बीचको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।  खेलको पहिलो हाफको १६ औं मिनेटमा कर्णाली प्रदेशले अग्रता बनाएको थियो । कर्णालीको लागि सुभाष बमले गोल गरेका थिए  र पहिलो हाफमा कर्णाली प्रदेशले एक सुनाको गोल अग्रता राख्दै लुम्बिनी प्रदेशलाई दबाबमा राखेको थियो ।  
दोस्रो हाफको ५६औँ  मिनेटमा लुम्बिनीले बराबरी गोल गर्न सफल भयो ।  लुम्बिनीका लागि रोहित सुनवारले बराबरी गोल गरेका थिए ।  खेलको ७१ औँ मिनेटमा लुम्बिनीले आफ्नो गोल संख्यालाई दुई पु¥याएको थियो । दीपकराज सिंहको उत्कृष्ट फ्रि कीक गोलमार्फत लुम्बिनी प्रदेशले आफ्नो अग्रतालाई बढाएको थियो। खेलको ७६औँ  मिनेटमा कर्णाली प्रदेशले खेललाई बराबरी गर्न सफल भयो ।
कर्णाली प्रदेशको लागि किरण रावतले बराबरी गोल गरेका थिए । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले लुम्बिनी प्रदेशले पराजित गर्दै कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरेको हो ।  कर्णालीको लागि पेनाल्टी सुटआउटमा सुभाष बम, दिनेशकुमार सिंह, सोनम आचार्य र सुबिन विकले गोल गरेका थिए ।


लुम्बिनी प्रदेशका लागि भने अनुप बुढाथोकी र चेतनकुमार थारुले मात्र पेनाल्टीमा गोल गर्न सफल भए ।  खेलमा उत्कृष्ट प्रदर्शनका लागि कर्णाली प्रदेशका गोलकिपर प्रवेश बूढा थापालाई म्यानअफ द म्याच घोषित भएका छन् । बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार