कोलकत्ताविरुद्ध चेन्नाईको सहज जित

मंगलबार, चैत २७, २०८०

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो ।
कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । चेन्नाईको जितमा कप्तान रितुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए । यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे । शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे । कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नारायनले १ विकेट लिए । त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै नारायनले २७ तथा आँगृष रघुवंशीले २४ रन जोडे । अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहेन । चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए । जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ । कोलकत्ता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा छ । आईपिएलमा आज हुने खेलमा पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार