उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल मंगलबारदेखि

सोमबार, चैत २६, २०८०

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । 
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अध्यक्ष देवी आचार्यले जानकारी दिइन् ।  
उनले भनिन्,‘नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले आफ्नो मुख्य क्रियाकलापको रुपमा प्रत्येक बर्ष व्हीलचेयर बास्केटबल प्रतियोगिता गराउदै आएको छ । यसै सन्दर्भमा संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता मिति २०८०÷१२÷२७ र २८ गते दशरथ रंगशाला कर्बड हल, त्रिपुरेश्वरमा आयोजन गर्न गइरहेको जानकारी गराउँछ ।’
अपाङ्गता भएका व्यक्तिहरुलाई थेरापी, उपचार, औषधि हुने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उनले जानकारी दिइन् । 
दुई दिनसम्म चल्ने यस प्रतियोगितामा ७ महिला र ६ पुरुष टिम गरि जम्मा १३ टिम बिच सहभागी गराउने उनले संघले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगीताको पुरस्कार राशि ५० हजार, ४० हजार र ३० हजारको दरले प्रथम, द्धितिय र तृतिय हुने टिमलाई उपलब्ध गराइने छ ।
साथै प्रतियोगितामा भाग लिने सबै खेलाडीहरुलाई जर्सी ट्रयाकको व्यबस्थासहित प्रतिदिन एक हजार रुपैंयाँका दरले यातायात खर्च र प्रतियोगिता संचालन भरि खाना, खाजा समेत उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार