नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज

आइतबार, चैत २५, २०८०

काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो । १५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो ।  आज आयरल्याण्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्वता जितको खोजिमा हुनेछ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार