सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्सविरुद्ध रोमाञ्चक जित निकालेको छ । पञ्जाबले गुजरातमाथि ३ विकेटको जित निकाल्न सफल भएको हो । गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टाएको हो । पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको विष्फोटक इनिङ खेले । यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए । आशुतोष शर्माले १७ बलमा ३१ रनको योगदान गरे भने जोनी बेयर्सटोले २२ रन बनाए ।
गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ चौका सहित ८९ रनको अविजित इनिङ खेले । यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए । पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १–१ विकेट लिए । जित पछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ । गुजरात पनि ४ खेलमा समान २ जित सहित एक स्थान तल रहेको छ । आईपिएलमा आज हुने खेलमा सनराईजर्स हैदराबाद र चेन्नाई सुपर किङ्स भिड्ने छन् ।