राष्ट्रपतिको भूमिकामाथि डा.भट्टराईको असन्तुष्टि

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राष्ट्रपतिको भूमिकालाई लिएर असन्तुष्ठि व्यक्त गरेका  छन् । 
संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अकस्मात अध्यादेश जारी गर्ने आदेश दिएपछि डा. भट्टराईले असन्तुष्टि पोखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘सबैले आत्मसमीक्षा गरौं (विपक्षी दलका पहिलो राष्ट्रपति मन्त्रिपरिषद्ले पारित गरेका कुनै अध्यादेश जारी नगरेर निर्वाचित सरकारलाई असफल पार्ने ) सत्ताधारी दलकी दोश्रो राष्ट्रपति प्रधानमन्त्रीको लहडको अध्यादेशलाई मिनेटमा जारी गर्ने–कतै पहिलो राष्ट्रपति पदका जायज हकदार स्वतन्त्र व्यक्ति रामराजाको सराप त लागेको हैन ?’
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार