गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा 

बिहीबार, चैत २२, २०८०
Global Ime Bank

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो ।  नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो ।  गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए ।  नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुई÷दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा  ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो ।  नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ६७ रन र आसिफले ८५ रन जोडे ।  नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा २२ रन चाहिएकोमा प्रतिश जिसीले सुरुवातमा वाइड गरे । त्यसपछि लगातार दुई बलमा हर्ष देसाईले दुई चौका प्रहार गरे । तेस्रो बलमा उनले एक रन मात्र प्रहार गर्न सके । त्यसपछिको तीन बलमा मात्र तीन रन आएपछि नेपालले जित दर्ता गर्न सफल रह्यो ।
नेपालका लागि सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २–२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट १८१ गुमाउँदै रन बनायो ।नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए । उनले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै १८औं ओभरमा पेभेलियन फर्किएका थिए । नेपालको सुरुवात नै उत्कृष्ट रहेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरे । सो साझेदारी कुशल ४४ बलमा ९ चौका र २ छक्का सहित ६७ रन बनाएर १४औं ओभरमा आउट भएपछि टुटेको थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेल ७ बल खेल्दै ३ रन बनाएर १६औं ओभरमा आउट भए । त्यसपछि आएका सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।
अन्तिम ओभरमा थप दुई विकेट खस्यो । गुलशन झा ४ र अनिल कुमार शाह बिना कुनै रन ध्रुशान्त सोनीको शिकार बने । विवेक कुमार यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे । गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २–२ विकेट लिए । नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ३ खेलमा २ अंक छ भने बरोडा अंकविहिन छ ।
नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार