‘त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री

बुधबार, चैत २१, २०८०

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् ।  बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा  विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन् । 
उनले भनिन्, ‘उत्तरपुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ । त्यो समितिले छानबिन गर्दै छ र त्रिवीको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिने छ । त्रिबीसँगै जोडिएको नर्सिङ्को विद्यार्थीहरुले तालाबन्दी गर्नु भएको थियो । त्यो विषयमा मन्त्रालयमा नै डाकेर चिकित्सा सेवा आयोग सम्बन्धित डिन, उपकुलपति र नर्सिङ् काउन्सिलका अध्यक्षसँग बसेर छलफलपछि तालाबन्दी पनि फुकेको छ ।’
त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षालाई रोजगारीमूलक बनाउनका लागि पनि कार्यदल बनाएर अगाडि बढेको उल्लेख गरिन् ।   उनले भनिन्, ‘शिक्षा रोजगारी मूलक बनाउनको लागि कार्यदल बनाएर अगाडि बढेका छौ । शिक्षकहरुको लाईसेन्सको परिक्षा, सेवा आयोगको परिक्षाको प्रश्नह पनि अध्ययन गर्न थालेका छौ । शिक्षकहरु कस्तो खालको आईरहनु भएको छ भनेर पनि विज्ञ टोलीसहित कार्यदल बनेको छ । जसले यसमा परिमार्जन गर्नुपर्ने के के छ, हाम्रो शिक्षक कस्तो छन् । भनेर कार्यदलले काम गरिरहेको छ ।’
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमान्तकृत बस्ती र समूहलाई प्राथमिकतामा राखेर नै विशेष आवसिय विद्यालयको लागि प्रस्ताव गरेका उल्लेख गर्दै उनले त्यस्ता विद्यालय स्थापना गर्न सके गरिब र विपन्न विद्यार्थीहरुको लागि राहत हुने बताइन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार