कोलकातालाई हराउँदै मच्छिन्द्र विराट गोल्डकपको सेमिफाइलनमा

बुधबार, चैत २१, २०८०
Global Ime Bank

विराटनगर । ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा‌ पुगेको छ।
विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम  क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ नायक बने । टोलीका‌ लागि दुवै गोल स्टेफनले गरे । प्लेयर अफ द म्याच बनेका स्टेफनले नगद ११ हजार रुपैयाँ पाए । कोलकाताका लागि सोनु हल्दारले गोल फर्काए ।


स्टेफन विनोङले खेलको‌ १० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । मनिष डाँगीको पासमा स्टेफनले कोलकताका गोलकिपर सुरजक मल्किलाई विट गर्दै गोल गरेका हुन् ।
कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा १(१ को बराबरी भएको थियो। सत्रिय बक्सीको पासलाई सोनुले गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा विनोङले गरेको अर्को गोल खेलको निर्णायक बनेको थियो। सनिश श्रेष्ठको पासमा स्टेफनले गोल गरेका हुन् ।
योसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्रले बिहीबार सेमिफाइनलमा सिक्किम ड्रागन भारतको सामना गर्नेछ। अर्को सेमिफाइन यसअघि घरेलु टोली सांग्रिला मोरङ एफए र एपिएफ फुटबल क्लबबीच हुनेछ।
कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले थुप्रै अवसर पाए पनि फिनिसिङ कमजोर हुँदा पराजित हुनुपरेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले योजना अनुसार खेलाडीले आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । उनले सेमिफाइनलमा विमल घर्तीमगर खेल्ने सम्भावना रहेको बताए । उनले भने ‘विमल हुँदा फरवार्ड लाइन थप मजबुत हुनेछ।’

चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा
एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एपिएफ सेमिफाइनल पुगेको हो । एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपिएफले दोस्रो हाफमा आक्रमक खेल पस्कियो ।


५७ औं मिनेटमा एपिएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर पेनाल्टी बक्स भित्रबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपिएफका अनिषले गोल गरि जित निश्चत गरे ।
खेल सुरु भएको १५ औं मिनेटमा एपिएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । प्रदिपले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो ।


२७ औं मिनेटमा एपिएफका जोनाह ग्लोरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्ट बारबाट बाहिरियो । त्यसलगतै ३४ औं मिनेटमा एपिएफका प्रदीपले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको फ्लिकलाई चर्चब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए ।
४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो । आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै बाहिरिएको छ ।
एपिएफका प्रदिप लामा प्लेयर अफ दि म्याच घोषित भए र ११ हजार रुपैयाँ पाए । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार