सूर्योदय वोमी लघुवित्तले सम्पन्न गर्‍याे झोल साबुन र फिनाइल बनाउने तालिम

मंगलबार, चैत २०, २०८०

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था गिरुबारी शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक झोल साबुन र फिनाइल बनाउने तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्रका करिब ५० जना सदस्यहरुलाई उद्यमी बनाउन एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को गण्डकी प्रदेश अन्तर्गत  नवलपरासी (ब.सु.पू) जिल्ला हुक्सेकोट गाँउपालिका वडा नं ३ गिरुबारीमा रहेको शाखाको आयोजनामा १ दिने व्यावसायिक झोल साबुन र फिनाइल बनाउने तालीम कार्यक्रम सम्पन भएको हो । हुक्सेकोट गाँउपालिका वडा नं ३ को अष्टलक्ष्मी आमा समूहको सभाहलमा सुरु भएको कार्यक्रमको हुक्सेकोट गाँउपालिका उपाध्यक्ष पूर्ण सिहं रानाले उद्घाटन गरेका थिए भने प्रशिक्षक गोपाल अधिकारी र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. का अनुगमन स्टेशन कार्यालय भरतपुरको अनुगमन अधिकृत दामोदर पौडेल र गिरुबारी शाखाका शाखा प्रमुख ‌ओम कुमारी महतोले मन्तव्य राखेका थिए । शाखा प्रबन्धक ‌ओमकुमारी महतोका अनुसार हुक्सेकोट गाँउपालिका वडा नं ३ को अष्टलक्ष्मी आमा समूहको सभाहलमा भएको तालिममा ५० जना बढी महिला तथा पुरुषको सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक महतोले बताए ।
तालिममा हुक्सेकोट गाँउपालिकाका उपाध्यक्ष पूर्ण सिहं रानाले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न साथै तालीम लिइ सके पछि उद्यमी बन्न  सहभागीहरुलाई अनुरोध गरेका थिए । तालिमका सहभागीहरूले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार