घूस रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

सोमबार, चैत १९, २०८०

काठमाडौं । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूसहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो । लेखापाल निरौलालाई सेवाग्रहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो ।
धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल  निरौलालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार