आइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो जित

सोमबार, चैत १९, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकिन पुग्यो । 
चेन्नाईका लागि अजिंके रहाणेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले नटआउट ३७ रन बनाए । त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे ।
दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।  दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । 
अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । 
पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो । मिचेल मार्शले १२ बलमा १८ रन बनाए । चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान एक एक विकेट लिए ।
दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खल जितेर शानदार शुरुवात गरेको थियो । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरको थियो ।
आइपीएल अन्तर्गत आज राति पौने ८ बजे मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुने छन् । मुम्बई पहिलो जितको खोजिमा हुने छ भने राजस्थान लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुने छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार