गण्डकीमा १०औँ राष्ट्रिय खेलकुदको तयारी सुरु

सोमबार, चैत १९, २०८०
Global Ime Bank

पोखरा  । प्रदेश खेलकुद परिषद गण्डकीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।  परिषदले आइतबार खेल संघहरुसंग छलफल गरि १० औं राष्ट्रिय खेलकुदको तयारी तिव्र पारिएको भन्दै परिषदले सबै खेल संघहरुलाई बैशाखभित्र खेलाडी छनौट गर्न भनेको हो ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ । खेल संघहरुको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताएका छन् ।  छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भए सम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्न समेत सदस्य सचिब शर्माले खेलकुद संघहरुलाई आग्रह गरेका छन् । सदस्य सचिव शर्माले सबै खेलसंघहरुलाई चैत्र मसान्त सम्म दर्ता र नविकरण गर्न निर्देशन दिंदै नविकरण नगर्ने खेलसंघहरुले लेटर प्याड वा छाप प्रयोग गरेमा परिषदले छाप किर्तेमा मुद्धा चलाउने चेतावनी दिंदै खेल संघहरुको समस्या समाधान गर्न र बलियो बनाउन परिषदले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए ।  ‘परिषद खेल संघहरुलाई बलियो बनाउन सहकार्य गर्न तयार छ’, उनले भने, ‘समाजमा हामीले खेल संस्कृतीको सन्देश दिनु छ । तर त्यस भन्दा अघि संघ आफैमा मर्यादित, पारदर्शी संगै आर्थिक शुसासन कायम गर्न नविकरण र दर्ता पहिलो शर्त हो ।’

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार