गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी 

आइतबार, चैत १८, २०८०
Global Ime Bank

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल भारतको स्टेट टीम गुजरातविरुद्ध ८ विकेटले विजयी भएको छ । 
आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा ग¥यो ।  नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे । 
त्यस्तै, अनिल साहले ३२ रन, कुशल भुर्तेलले १७ रन र आशिफ सेखले १६ रन बनाए । 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो । 
गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार