सहकारी दिवसमा सिद्धिविनायक कृषि बहुउद्देश्यी सहकारीद्धारा रक्तदान

आइतबार, चैत १८, २०८०

ललितपुर । ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा महालक्ष्मी नगरपालिका वडा नं. ९मा  रहेको सिध्दिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाईटी ललितपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाका सल्लाहकार तथा महालक्ष्मी नगरपालिका वडा नं. ९का वडासदस्य शशिधर पोखरेल तथा संस्थाका अध्यक्ष निरञ्जन पौडेलले प्रशंसा पत्र बितरण गरे । रक्तदातालाई थप उत्प्रेरणाका लागि वेभ सर्फर नेपालले टिसर्ट उपलब्ध गराएको थियो । 

2f180efa-7d10-4049-a860-400fc9cdfbdf-1711848627.jpg
2254ab5f-fec6-4615-9c57-d4f788c692af-1711848625.jpg
3df29f91-07f5-486a-82fd-ca367e7751a4-1711848625.jpg
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार