बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

शनिबार, चैत १७, २०८०

काठमाडौं । नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ‘समसामयिक निबन्ध संग्रह’ पुस्तक विमोचन तथा उनी अध्यक्ष रहेको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई मुख्य अतिथि रहेको कार्यक्रममा  विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको थियो । 

Sampada-Anusandhan-Sadan1-1711792595.jpg

गोष्ठी तथा कार्यक्रम बीच डा. मुक्ति सिंह लामा तथा डा. तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए भने कार्यक्रमको होस्टिङ अन्जु केसीले गरेकी थिइन् । विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार समेत गोष्ठीमा राखेका थिए ।आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा अर्पण गरेका प्रा.डा. प्रेम खत्रीको विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध संग्रहमा संकलित गरिएको छ । नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो । शोधार्थीहरूलाई पुस्तकालय तथा शोधकार्यका लागि आवश्यक सामग्रीहरू को व्यवस्था अनुसन्धान केन्द्रले गर्दै आएको छ भने विविध तालिम तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत गरिने घोषणा स्थापना दिवसमा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार