सूर्य नेपाल गल्फ : सदभाव शीर्षमा, भुवन एक स्ट्रोकले पछाडि

बिहीबार, चैत १५, २०८०

काठमाडौं । एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन शीर्षस्थानमा छन् ।  समग्रमा ११–अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा उनी शीर्षस्थानमा रहन सफल भएका हुन् । बुधबार २–अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन् ।  १–अन्डर ७१ मा खेल सक्दा भुवन समग्रमा १०–अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन् । अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । समग्रमा ३–अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन् ।

आजको दिनकै उत्कृष्ट ४–अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । विजयले १–ओभर ७३ मा बुधबारको खेल पुरा गरे । आज १–अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २–अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन् । एमेच्योर राहुल विश्वकर्मा समग्रमा १–ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन् । उनले बुधबार ३–अण्डर ६९ को कार्ड तयार पारे ।
यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २–ओभर २ सय १८ सहित सातौं स्थान बाँडे । टासीले १–अण्डर ७१ र सञ्जयले इभन–पार ७२ मा आजको खेल पुरा गरे । समग्रमा ३–ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन् । दुवैले आज ४–ओभर ७६ मा खेल पुरा गरे ।
लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २–अन्डर ३४ मा सके । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार