तेस्रो नीट फेस्ट आगामी वर्षको चैतमा 

बिहीबार, चैत १५, २०८०

काठमाडौं । तेस्रो संस्करणको नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल (नीट फेस्ट) आगामी वर्षको चैत ३ देखि १४ गतेसम्म हुने भएको छ ।  विश्व रंगमञ्च दिवसको अवसर पारेर बुधबार राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा तेस्रो संस्करणको फेस्टिभलको मिति घोषणा गरिएको हो ।
आयोजकले तेस्रो संस्करणका लागि ‘थिएटर फर सोसियल ट्रान्सफर्मेसनः लाइट अफ इन्डीजेनस विज्डम’ नारा राखिएको छ । महोत्सवमा सहभागिताका लागि  अप्रिल १३ बाट आवेदन खुला गरिने भएको छ ।
फेस्टिभल मण्डला थिएटरमा नै हुनेछ । यसअघि फेस्टिभलको पहिलो संस्करण सन् २०१९ र दोस्रो संस्करण २०२२ मा भएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, थिएटर स्कलर सावित्री मल्ल कक्षपति, प्राध्यापक डा. अभि सुवेदीलगायतले सन् २०२२ मा भएको फेस्टिभलका गतिविधि संगृहित पुस्तक ‘रिफ्लेक्सन बुक’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार