सनराईजर्स हैदराबाद–मुम्बई इन्डियन्सबीचको खेलामा रनको वर्षा

हैदराबादद्वारा मुम्बईमाथि ३१ रनको जित
बिहीबार, चैत १५, २०८०

काठमाडौं । कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७७ रनको योगफल खडा गरेको थियो । 
यो योगफल सँगै रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इंडिया विरुद्ध बनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।

Sunrisers Hyderabad vs Mumbai Indians, IPL 2024: Probable Playing XIs ...
हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।
मुम्बईमा सबै बलर महंगो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए । कप्तान हार्दिक पन्ड्याले ४६, जेराल्ड कोटजीले ५७ रन दिंदै १–१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए ।
जवाफमा मुम्बईमेल ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईमा तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।
जयदेव उनादकट र प्याट कमिन्सले समान २–२ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए । यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलमा पराजित भएको छ । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । 

Sunrisers Hyderabad vs Mumbai Indians- Match Report

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार