आईपिएल : चेन्नाईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

बुधबार, चैत १४, २०८०

काठमाडौं । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो ।  २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनले ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । 


यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए ।  चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए ।
त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो । चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले । 
रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार