विश्वकप छनौट : नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित

बुधबार, चैत १४, २०८०

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ ।  दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो । पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ । 
बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । बहराइनले पहिलो हाफमै गरेको ३ गोल नै निर्णायक बन्यो  । खेलको सातौँ मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १–० को अग्रता बनायो । १८औँ मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।   ३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाएका थिए ।


७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले डी बक्बाट वान टच गोल गरेका थिए । तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाएपछि मान्यता पाएन । पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपालको अग्रपंक्तिले आक्रमण बुन्न सकेन । नेपाल माथि घरेलु टोलीनै हावि भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्‍यो । 
सातौं मिनेटमा बहराइनले खेलमा सुरुवाती गोल गर्न सफल भयो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट भएर पोस्टतर्फ गएको थियो ।
१७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनाउने अवसर पायो । काउन्टर अट्याकमा गोलकिपर किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै स्कोरलाइन २–० सम्म पुर्‍याए । ३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्‍यो । कोमाइल इलसवादले गोल गर्दै अग्रता तीन गोलको बनाएका हुन् ।बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । 


त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ । यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ । नेपालले युएई विरुद्ध ४–०, यमन विरुद्ध २–० र बहराइन विरुद्ध ५–० को हार बेहोरेको थियो । युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार