मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

मंगलबार, चैत १३, २०८०

काठमाडौं । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ । तराई–मधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरूको पर्व मनाएको हो ।  मुस्लिमहरूको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरूले इफ्तार कार्यक्रम समेत राखेका थिए ।  
होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरूले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरूले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरूले पकाएर खाएका थिए ।   

doha8-1711455684.jpg

एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गरेका थिए भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम सञ्चालन गरेका थिए । 
मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए ।  त्यस अवसरमा मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा.रवीन्द्रकुमार यादवले होलीको शुभकामना दिँदै समाजलाई अझ सुदृढ बनाउनेबारे छोटो मन्तव्य राखेका थिए । 
यस्तै, पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, रामहृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकास यादवलगायतका कतारमा रहेका मधेशीसँग सम्बन्धित विभिन्न संस्थाहरूको पदाधिकारीहरूको रंगारंग कार्यक्रममा उपस्थिति थियो । 

doha7-1711455686.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार