टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज  

मंगलबार, चैत १३, २०८०
Global Ime Bank

काठमाडौं । नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । 
दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो ।  सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार