नेपाल टि २० लिगमा स्पट फिक्सिङको आरोप लागेका महुबबसहित सबैलाई सफाई

मंगलबार, चैत १३, २०८०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका आदिल अन्सारीलगायत ५ जनाले नेपाल टि ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका छन् । योसँगै आदिललाई घरेलु क्रिकेट र राष्ट्रिय टोलीमा फर्कने बाटो खुलेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसँग सबै ५ जनालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको छ।
गतवर्ष पुसमा टि ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । आरोपछि पक्राउ परेका उनी र पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आमल र नितेश गुप्तालाई ३ लाख धरौटी रिहा भएका थिए ।
अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो। दुई जना फरार नै थिए । अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन।
आदिल प्रतिभावान खेलाडी हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरेका थिए । सोही वर्ष पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा टि ट्वान्टी आईमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार