राजस्थान रोयल्सको आइपीएलमा विजयी सुरुआत

सोमबार, चैत १२, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको हो ।   जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो ।
लखनउँका कप्तान केएल राहुल र निकोलस पुरनाको अर्धशतकीय पारि खेर गयो । राहुल ४४ बलमा ५८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अन्तिमसम्म टिक्दै ६४ रनको नटआउट अर्धशतकीय पारि खेले । यसैगरी दीपक हुड्डाले २६ रन बनाउँदा अन्य व्याटरले दोहोरो अंकमा रहन बनाउन सकेनन् । 
राजस्थानका ट्रेन्ट बोल्टले २ विकेट लिँदा नान्द्रे ब्रुगर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल र सन्दीपम शर्माले एक एक विकेट लिए । 
पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्ताथनका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो । ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि अर्का उपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए ।  कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाए ।
यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठूलो स्कोरतर्फ अघि बढेको थियो । पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रुप्मा आउट हुँदा राजस्थानले १४.५ ओभरमा १४२ रन बनाएको थियो । कप्तान सामसन अन्तिमसम्म टिक्दै नटआउट ८२ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रनको नटआउट पारि खेले ।
लखनऊँका नभिन उल हकले दुई विकेट लिँदा रवी विश्नोइ र मोसिन खानले एक एक विकेट हात पारे । जितसँगै राजस्थान रोयल्सले तालिकामा २ अंक जोडेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार