लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य

सोमबार, चैत १२, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य दिएको छ । जयपुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनायो ।
घरेलु मैदानमा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो । ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि अर्का ओपनर यशस्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए ।
कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाए । यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठूलो स्कोरतर्फ अघि बढेको थियो । पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रुपमा आउट हुँदा राजस्थानले १४।५ ओभरमा १४२ रन बनाएको थियो । 
कप्तान सामसन अन्तिमसम्म टिक्दै नटआउट ८२ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रनको नटआउट पारि खेले ।
लखनउका नभिन उल हकले दुई विकेट लिँदा रवी विश्नोइ र मोसिन खानले एक एक विकेट हात पारे ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार