होली पर्व : होलिका दहन भद्रादोष सकिएपछि

आइतबार, चैत ११, २०८०

काठमाडौं । अशुभ भद्राका कारण आज राति ११ बजेपछि होलिका दहन गर्न सकिने छ । यसका लागि शुभ समय राति ११ बजेबाट सुरु हुनेछ, यद्यपि होलीको पूजा भद्रा अवधिमा अवश्य गर्न सकिन्छ । जसका लागि प्रदोषकालमा अर्थात् सूर्यास्तपछि साँझको शुभ मुहूर्त हुनेछ ।
प्रदोष अवधिमा भद्रा भएमा सूर्यास्तपछिको साढे दुई घण्टासम्म पूजा गर्न सकिन्छ तर होलिका दहन भद्रादोष सकिएपछि गर्नुपर्छ, त्यसैले होली पूजाको शुभ समय साँझ ६.२४ देखि ६ः४८ सम्म रहनेछ ।
त्यसैगरी होलिका दहनको शुभ समय राति ११.१५ देखि १२ः२५ सम्म हुनेछ ।
यसपटक होलिका दहनमा सर्वार्थसिद्धि, लक्ष्मी, पर्वत, केदार, ज्येष्ठ, अमला, उभयचारी, सरल र षस महापुरुष योग बनाइँदैछ । विगत ७ सय वर्षमा यस्तो शुभ संयोग नभएको ज्योतिषीहरुले बताएका छन् । यी ९ ठूला शुभ योगमा होली दहन गर्नाले समस्या र रोग हट्छ । यो शुभ योगले समृद्धि र सफलता ल्याउनेछ विज्ञहरुले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार