भव्य रुपमा सकियो महालक्ष्मी-९ मा आयोजित वडाअध्यक्ष कप चेस प्रतियोगिता 

रुपेश जैशवाललाई उपाधि
शनिबार, चैत १०, २०८०

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालन भएको प्रथम वडा अध्यक्ष कप र्‍यापिड चेस प्रतियोगिता २०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले हात पारेमा छन् । नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले नवौं चरणको खेलमा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी खेली सात खेलमा जीत र एक खेलमा बराबरी खेलेर साढे ७ अंक जोडेका थिए । उनले पाँचौ चरणको खेलमा शुश्रुत दाहलसँग पराजित भएता पनि खेलमा फर्किएर विजेताको आकर्षक ट्रफिसहित नगद २५ हजार पुरस्कार पाउन सफल भए । 
ललितपुरको महालक्ष्मी नगरपालिका ९ नं. वडाका अध्यक्ष जयकृष्ण बोगटीको सक्रियतामा सञ्चालन भएको दुई दिने चेस प्रतियोगितामा बद्रीलाल नेपाली दोस्रो र थापाथली चेस पार्क क्लवका सुशील चौधरी तेस्रो स्थानमा रहे । बद्रीले नगद १५ हजार र सुशीलले नगद १० हजार प्राप्त गरे ।

chess-1711207440.jpg

महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा भएको खेल अन्तर्गत काठमाडौका बिजेश राजकर्णिकार चौथो स्थान र उदीयमान खेलाडी शुश्रुत दाहाल  पाँचौ स्थानमा रहे । 
महालक्ष्मी नगरपालिकाको सशम्भू चौर स्थित कभर्डहलमा आयोजित  प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी, झापाका युवा राजन सुवेदी, मकवानपुरका युवा  मिलन लामा र ललितपुरका सुरोज महर्जन क्रमश छैटौं देखि दशौ स्थानमा रहन सफल भए । 
३३ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा सजिन महर्जन र संजय महर्जन ललितपुर विजेता र उपविजेता भए । महालक्ष्मी नगरपालिकातर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ प्रथम  र दोस्रो स्थानमा रहे । भेट्रानमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए चने जगन्नाथ ताम्रकार दोस्रो भए ।

che-1711207585.jpg

 त्यसैगरी महिलातर्फ श्रीलंकाका सचिनि रणासिंगे प्रथम भईन भने सिन्दिरा जोशी र पुनम प्रसाईं तेस्रो भईन । अनरेटेडमा शैलेश श्रेष्ठ र यु १२ मा अग्रता आचार्य  उत्कृष्ट भए ।
महालक्ष्मी महानगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले विजेतालाई नगद  पुरस्कार , प्रमाणपत्र, आकर्षक ट्रफि र मेडल प्रदान गरे । विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै नगर प्रमु्ख श्रेष्ठले खेलाडीलाई अनुशासित रहन सुझाव दिँदै पालिकाहरुले समय छदै प्रतियोगिताहरु सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले बौद्धिक खेल बुद्धिचाल सबैले सिक्नु पर्ने खेल हो भन्दै हरेक क्षेत्रका ब्यक्तिहरुले चाल र प्रतिचाल बुझ्न र जान्न सके मात्र सफल हुने धारणा ब्यक्त गरिन् । 

lax-1711207588.jpg

नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जनले चेस खेलको महत्वमाथि प्रकाश पारेका थिए । महालक्ष्मी नगर पालिका वडा नं.९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडाको काममा तल्लिन रहनु आफ्नो प्रमुख लक्ष्य भएको र अनुकरण गर्न सक्ने रचनात्मक कार्य निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले अगाडि भने, ‘म काम गर्न आएको हुँ तपाईहरूको साथ र सहयोग आवश्यक छ ।’ 
आज सम्पन्न अध्यक्ष कप चेस प्रतियोगितामा ११६ जना शीर्षस्थ खेलाडीहरुको सहभागी रहेको थियो । प्रतियोगिताको प्रमुख निर्णायक सोराज ताम्राकारले नतिजा प्रकाशित गर्दै विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । वडासदस्य शशीधर पोखरेलले सञ्चालन गरेको समापन समारोहमा वडाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्य, कर्मचारी तथा खेलप्रमी वडावासीको उपस्थिति रहेको थियो । 

che-1-1711207584.jpg
Jaya-1711207441.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार