तराई–मधेशको रुप झल्किने गरी  काठमाडौँमा मधेशी आयोगले मनायो विशेष होली महोत्सव समारोह

शुक्रबार, चैत ९, २०८०

काठमाडौं । मधेशी आयोगले आज काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ । विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरूको उपस्थितिमा भएको सो कार्यक्रममा तराई–मधेशमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको थियो । 
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष पनि तराई–मधेशसहित सिंगो नेपालकै महत्वपूर्ण पर्व मानिने होलीलाई आयोगले प्राथमिकतामा राखी सांस्कृतिक रुपमा कार्यक्रम आयोजना गरि हर्षोल्लासका साथ मनाइएको बताएका छन् ।  

IMG_2514-1711100094.jpg

अध्यक्ष डा.दत्तले काठमाडौँमा तराई–मधेशको संस्कृति झल्किने गरि सो कार्यक्रम हरेक वर्ष झैँ यस वर्ष पनि आयोजना गरिएको जानकारी दिएका छन ।  अध्यक्ष डा.दत्तले मधेशी आयोगको अधिकारहरु मध्य मधेशको संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न आयोगले यस्ता कार्यक्रमहरुको आयोजना विगतको दिनमा समेत गरिरहेको र आगामी दिनमा समेत गरिने जानकारी दिएका छन् ।

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव विश्वकर्मा, समावेशी आयोगका अध्यक्ष तथा सदस्य, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर मधेशी आयोगका सदस्यहरु, लोकसेवा आयोगका पूर्वसदस्य अशोक झा, आयोगका पूर्वसचिवहरुसहित करिब ३ दर्जन भन्दा बढीको उपस्थिति रहेको थियो ।

IMG_2507-1711100093.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार