महालक्ष्मी नगरपालिका वडा नं. ९ मा भोलिदेखि वडाअध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुँदै 

वडा नं ९ स्थित ससाम्भु चौरको हलमा प्रतियोगिता उद्घाटन
बिहीबार, चैत ८, २०८०

ललितपुर। महालक्ष्मी नगरपालिका ९ नं. मा भोलिदेखि वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । वडाअध्यक्ष जयकृष्ण बोगटीसहितका जनप्रतिनिधिहरूको सक्रियतामा शुक्रबार र शनिबार दुई दिनसम्म हुने प्रतियोगितामा स्थानीयसहित राष्ट्रिय खेलाडीहरु सहभागी हुनेछन् । महालक्ष्मी नगरपालिका ९ नं. वडा समितिद्धारा महालक्ष्मी नगर बुद्धिचाल संघको प्राविधिक सहयोगमा खेलाडीको खेल स्तर वृद्धि गराउन प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष बोगटीले जानकारी दिए । वडाअध्यक्ष कप बुद्धिचाल प्रतियोगिताको उदघाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले गर्नेछन् । 
महालक्ष्मी नगरपालिकाको वडा नं ९ स्थित ससाम्भु चौरको हलमा प्रतियोगिताको उद्घाटन तथा समापन समारोह आयोजना हुने वडाअध्यक्ष बोगटीले जानकारी दिएका छन् ।  
महालक्ष्मी नगरपालिका बुद्धिचाल संघ , ललितपुरको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

Jaya-1711035127.jpg

प्रतियोगितामा श्रीलंकाका डब्लू आईएम सचिनि रनासिंघे, वर्तमान नेपाल च्यनम्पियन रूपेश जैसवाल, पूर्व नेपाल च्याम्पियनहरु, फिडे मास्टर्स, एआईएम, सिएम, एसिएम लगायत शिर्षस्थ १५० जना खेलाडीहरुको सहभागीता रहनेछन् । तीमध्ये ३३ जना खेलाडीले विभिन्न विधा अन्तर्गत पुरस्कार रकमका लागि प्रतिस्पर्धा गर्नेछन् । 
देशभरका विभिन्न जिल्लावाट सहभागी रहने बुद्धिचाल प्रतियोगिताका विजेताले वडा अध्यक्ष कप सहित नगद २५ हजार रुपैयाँ हात पार्ने छन् । त्यसैगरी उपविजेताले नगद १५ हजार, तेश्रो हुनेले १० हजार , चौथोले ८ हजार, पाँचौंले ७ हजार, छैटौंले ६ हजार, सातौंले ५ हजार, आठौं र नवौं हुनेले ४र४ हजार र दशौं स्थानमा रहनले ३ हजार प्राप्त गर्नेछन् । साथै महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले ६ हजार नगद , उत्कृष्ट ललितपुर प्रथम द्वितीय, उत्कृष्ट महालक्ष्मी प्रथम द्वितीय, उत्कृष्ट भेट्रान प्रथम द्वितीय, उत्कृष्ट अनरेटेड प्रथम द्वितीय, रेटिङ्ग १८ सय र १६ सय मुनिका प्रथम द्वितीय, युवा १८,१६,१४, १२ वर्ष मुनिका प्रथम द्वितीयले समेत नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

वडा अध्यक्ष कप चेस भोलि देखि शुरु

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार