प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन 

बिहीबार, चैत ८, २०८०

काठमाडौं । जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापनका लागि कार्यविधि नै संशोधन गरेको गृह मन्त्रालयले ६८ बुँदे निर्देशन जारी गरेको छ ।  नयाँ सरकारको काम देखाउन प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे जारी निर्देशनमा नयाँ विषय भने छैनन् । उनीहरुले कार्यसम्पादन गर्दै आएका काम नै स्मरण गराइएको छ । शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण आदि विषयमा सक्रिय भूमिका खेल्नुपर्ने भन्दै ११ वटा क्षेत्रसम्बद्ध २१ शीर्षकमा निर्देशनहरु दिइएको गृहमन्त्रालयले जनाएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले देशभरका जिल्ला प्रशासन कार्यालयका लागि एकीकृत निर्देशन जारी गरेका हुन् ।  जिल्लामा केन्द्र सरकारको गृह प्रशासनका मुख्य प्रतिनिधिका रुप्मा प्रमुख जिल्ला अधिकारीको अधिकार र भूमिकामाथि प्रश्न उठ्दै आएका बेला गृह मन्त्रालयले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसँगै विभिन्न क्षेत्रमा प्रजिअको सक्रियता खोजेको छ । 

यस्तो छ निर्देशन

Home-1711028450.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार