सहकारी बचतकर्ताको माग पूरा नभए सडकमा आगो बाल्ने चेतावनी

मंगलबार, चैत ६, २०८०

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ । देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरूले काठमाडौंमा प्रदर्शनहरू गर्दै आएका छन् । 


उक्त आन्दोलनमा सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको कोषाध्यक्ष दिप श्रेष्ठले अझै पनि सात बुदेँ सम्झौता कार्यान्वयन नहुने हो भने सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । 
उनले भने, ‘पीडामा रहेका पीडितहरूको पक्षमा आवाज उठाउँदा हामीलाई हत्यारा जसरी हिरासतमा लगेर राखिएको थियो । हाम्रो यो शान्तिपूर्ण ¥याली हो, यति गर्दा पनि हाम्रो सात बुदेँ सम्झौता कार्यान्वयन नभएको खण्डमा भोलिबाट सडकमा आगो बाल्ने पनि सरकारलाई चेतावनी दिन चहान्छु ।’

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार