धार्मिक यात्रासहितको सम्मानले खुसी भए २३ नं. वडाका ज्येष्ठ नागरिक तथा एकल महिला (भिडियो)

बुधबार, फागुन ३०, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले वडा भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक तथा एकल महिलालाई दुई धार्मिक स्थलको भ्रमणसहित सम्मान गरेको छ । वडामा स्थायी बसोबास गर्ने ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा एकल महिलाहरूलार्ई मनोसामाजिक परामर्श दिनुका साथै दुई पवित्र धार्मिक स्थल भ्रमणसहित सम्मान गरेको हो । २३ नं. वडा कार्यालयले हरेक वर्ष झै यस वर्ष पनि अस्ति आइतबार र सोमबार दुईदिनसम्म पवित्र धार्मिक स्थल देवघाट तथा गोरखाको मनकामना मन्दिरको भ्रमण गराउँदै ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान, मनोसामाजिक परामर्श दिएको हो । 

wada-23-1-1710325307.JPG
आफूहरूलाई मनोसामाजिक परामर्श, धार्मिक स्थल भ्रमण तथा सम्मान गरेकोमा ज्येष्ठ नागरिक तथा एकल महिलाले वडाका जनप्रतिनिधिलाई धन्यावद दिएका छन् । उनीहरूले नजिकको सरकारका प्रतिनिधिहरूले आफूहरूलाई परिवारका सदस्यले पनि नगरेको काम गरेको भन्दै आर्शिवाद पनि दिएका छन् । गोरखाको मनकामना मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक तथा एकल महिलालाई वडा अध्यक्ष जीवन महर्जन, वडा सदस्य किरण खड्का, वडाका कर्मचारी, वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्यसहित महिला स्वयम् सेविकासहितकाका महानुभावले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
सम्मान कार्यक्रमअघि आयोजित संक्षित कार्यक्रममा वडा अध्यक्ष जीवन महर्जनले ज्येष्ठ नागरिक तथा एकल महिलाको मुहारमा खुसी ल्याउन वडा कार्यालयले मनोवैज्ञानिक परामर्श, धार्मिक स्थल भ्रमण तथा सम्मान कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।  उहाँले जीवन जीउन नयाँ नयाँ सोच लिनुपर्नेमा जोड दिँदै पुराना सोच विस्तारै छाड्दै जान ज्येष्ठ नागरिक तथा एकल महिलाई आह्वान पनि गर्नुभयो । 

wada-23-2-1710325307.JPG
कार्यक्रममा ज्येष्ठ नागरिकका विषयमा कलम चलाउँदै आउनु भएका धर्मलाल महर्जनले ज्येष्ठ नागरिक तथा एकल महिललाई बुढेस कालमा अपनाउनु पर्ने सावधानीसहितका विषयमा जानकारी गराउनु भएको थियो । वडा स्वास्थ्य कार्यान्वय समितिका सह संयोजक रोशनी केसीले सहभागी सबैलाई स्वागत गर्दै वडा भित्र स्वास्थ्य बिमा कार्यक्रम सुरु भइरहेकोमा बिमा गराएर लाभ लिन आह्वान गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार