नेपाल र पिएनजीबीचको फाइनल खेल हुँदै 

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यान्ह ११ः४५ बजे सुरु हुनेछ ।
नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।
नेपालले पिएनजीविरुद्ध पछिल्लो ४ टि२० खेलमा हार बेहोरेको छैन । सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पिएनजीलाई नै हराएको थियो । उक्त सिरिजमा मलेसिया पनि सहभागी थियो ।
नेपालले पछिल्लो खेलबाट आज केहि परिवर्तन गर्न सक्छ । बिरामी परेका कारण विश्राम पाएका तीव्र गतिका बलर अभिनाश बोहोरा टोलीमा फर्कन सक्छन् । ब्याटिङतर्फ भने नेपालले परिवर्तन गर्ने सम्भावना कम छ ।

नेपाली टोली : 
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार