हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा 

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई आठ ओभरले पराजित गरेको छ । 
मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले   १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो । 
पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले ।
४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले । यस्तै, ३३ बलको समना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए । 
यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजीत गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ । 
बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्ने छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार