घरेलु टोली हङकङलाई व्याटिङको निम्तो 

आइतबार, फागुन २७, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
आजबाट शुरु भएको नेपाल, पपुवा न्युगिनी र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले घरेलु टोली हङकङलाई व्याटिङको निम्तो दिएको हो । 
मोङ कोकमा हुने खेल केही बेरमा ९सवा ११ बजे० शुरु हुँनेछ । 
बिहीबार हङकङ पुगेको नेपाली टोलिले शनिबार सिरिज पूर्व नै हङकङसँग  फ्रेन्डसिप कप खेलेको थियो । जसमा  नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी सामेल छैनन् । 
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्। 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार